वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
छोटी भन्सार कार्यालयहरुः
यस भन्सार कार्यालय अन्तर्गत ६ वटा छोटी भन्सार कार्यालयहरु रहेका छन् ।
क. आठमौजा (गौरीगञ्ज) छोटी भन्सार कार्यालय , गौरीगञ्ज
झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका वडा नं. २ मा अवस्थित यस भन्सार कार्यालयको 0-2065-00 व.मी. क्षेत्रफल रहेको छ।यो मूल भन्सारबाट 75 कि.मी दक्षिण पश्चिममा रहेको छ। यसको सीमावर्तीमा भारतको फत्तेपुर बजार रहेको छ भने नेपाल तर्फ मानव फत्तेपुर भन्ने वस्ती रहेको छ। यो छोटी भन्सार कार्यालय सीमावर्ती क्षेत्रबाट ५ कि.मी. भित्र वस्तीहरुको बीचमा रहेको छ। हाल यो छोटी भन्सार कार्यालय संचालनमा समेत आइसकेको छ।
ख. गाडागल्ली छोटी भन्सार कार्यालय
मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित यस भन्सार कार्यालयको 0-1-1-0 व.मी. क्षेत्रफल रहेको छ। यो मूल भन्सारबाट 17 कि.मी उत्तरतर्फ रहेको छ। यसको सीमावर्तीमा भारतको बगान चियाघाट तथा पानी घट्ट भन्ने स्थान रहेको र नेपाल तर्फ गाडागल्ली टिरिङ्ग चौकी रहेको छ। यो छोटी भन्सार कार्यालय सीमावर्ती क्षेत्र भारत तर्फ बजार क्षेत्र नभएकोले यसले खासै महत्व पाएको छैन । हाल यो छोटी भन्सार कार्यालयको भवन संरचना अत्यन्तै जीर्ण अवस्थामा रहेको छ र स्थानीय विद्यालयले प्रयोगमा ल्याएको छ।
ग. बाहुनडागी छोटी भन्सार कार्यालय
मेचीनगर नगरपालिका वडा नं. 4 मा अवस्थित यस भन्सार कार्यालयको 0-0-13 धुर क्षेत्रफल रहेको छ। यो मूल भन्सारबाट 9 कि.मी उत्तरतर्फ रहेको छ। यसको सीमावर्तीमा भारत तर्फ नक्सालबारी रहेको र नेपाल तर्फ बाहुनडाँगी बजार क्षेत्र रहेको छ। यो छोटी भन्सार कार्यालयको भवन सशस्त्र प्रहरीको प्रयोगमा छ। भौतिक संरचना र भारतीय सीमावर्ती क्षेत्रमा बजार क्षेत्र नभएकोले यसले खासै महत्व पाएको छैन। हाल यो छोटी भन्सार वन्द रहेको छ ।
घ. नकलबन्दा छोटी भन्सार कार्यालय
मेचीनगर नगरपालिका वडा नं. 5 मा अवस्थित यस भन्सार कार्यालयको 0-1-4 धुर क्षेत्रफल रहेको छ। यो मूल भन्सारबाट करीब 4 कि.मी उत्तरमा रहेको छ। यसको सीमावर्तीमा भारतको नक्सालबारी रहेको छ। यो छोटी भन्सार कार्यालयको भवन सशस्त्र प्रहरीको प्रयोगमा छ। भौतिक संरचना र भारतीय सीमावर्ती क्षेत्रमा बजार क्षेत्र नभएकोले यसले खासै महत्व पाएको छैन। हाल यो छोटी भन्सार बन्द रहेको छ।
ङ. सतिघट्टा छोटी भन्सार कार्यालय
मेचीनगर नगरपालिका वडा नं. 7 मा अवस्थित यस भन्सार कार्यालयको 0-4-0 धुर क्षेत्रफल रहेको छ। यो मूल भन्सारबाट 3 कि.मी दक्षिण तर्फ रहेको छ। यसको सीमावर्तीमा भारत तर्फ बतासी बजार रहेको छ। यो छोटी भन्सार कार्यालयको भवन सशस्त्र प्रहरीको प्रयोगमा छ। भन्सार परिसरमा मन्दिर निर्माण भएको र कम्पाउन्ड वाल निर्माण गरिएको छ। हाल यो छोटी भन्सार वन्द रहेको छ।
च. महाभारा छोटी भन्सार कार्यालय
गौरीगञ्ज गाउँपालिका वडा नं. 1 मा अवस्थित यस छोटी भन्सार कार्यालयको 0-5-0 धुर क्षेत्रफल रहेको छ। यो मूल भन्सारबाट 65 कि.मी दक्षिण पश्चिममा रहेको छ। यसको सीमावर्तीमा भारत तर्फ विहारको दिगलबेङ्ग बजार रहेको र नेपाल तर्फ गौरिगञ्ज बजार क्षेत्र रहेको छ। यो छोटी भन्सार कार्यालयको भवन सशस्त्र प्रहरीको प्रयोगमा छ। भौतिक संरचना र भारतीय सीमावर्ती क्षेत्रमा महत्वपूर्ण बजार क्षेत्र नभएकोले यसले खासै महत्व पाएको छैन। हाल यो छोटी भन्सार वन्द रहेको छ ।