परिचय

कार्यालयको परिचयः

पूर्वी नेपालको मुख्य प्रवेशद्वारका रुपमा विक्रम संम्वत २०१३ (इ.सं. 1956) सालमा स्थापित मेची भन्सार कार्यालय नेपालकै ठूला भन्सार कार्यालयहरुमध्ये एक महत्वपूर्ण कार्यालयको रूपमा परिचित छ । मुख्य भन्सार कार्यालयहरु विरगञ्ज, भैरहवा, सुख्खा बन्दरगाह, विराटनगर, रसुवा, त्रिभुवन विमानस्थल, नेपालगन्ज, र तातोपानी पछि राजस्व संकलनको आधारमा नवौं स्थानमा रहेको छ। मेचीनगर नगरपालिकाको वडा नं. 6 मा अवस्थित यस भन्सार कार्यालय दश विगाह (67726 व.मी.) फैलिएको छ ।

भारतको पश्चिम बंगाल र विहार प्रान्तसँग सिमाना जोडिएको यस भन्सार कार्यालयको मूल भन्सार काकरभिट्टामा र मातहतमा ६ वटा छोटी भन्सार कार्यालयहरु रहेको छ । यस भन्सार कार्यालय भारतको पश्चिम बंगाल राज्यमा अवस्थित पानी टंकी ल्याण्ड कस्टम्ससँग जोडिएको छ ।

यस भन्सार कार्यालयबाट भारत, चीन, बंगलादेश, भुटान लगायतका तेस्रो मुलुकहरुबाट समेत मालवस्तु पैठारी र निकासी गरिँदै आएको छ ।